fbpx

जोर्डनसँग नेपाल पराजित

काठमाडौं २९ असोज। विश्वकप छनोटअन्तर्गत नेपाल जोर्डनसँग ३- ० गोल अन्तरले पराजित भएको छ ।

दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपालले जोडर्नसँग अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति सामना गरेको थियो । खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३ ० गोलअन्तरले पराजित भएको हो ।

नेपाली टिमले जोर्डनलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा भने लगातार ३ गोल आयो । हारसँगै नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ । विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ ।

त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ७- १ गोलअन्तरले पराजित गरेको छ ।

Loading...