fbpx

जोर्डनसँग नेपाल ३–० गोलले पराजित

विराटनगर, २९ असोज । सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनौअन्तर्गत समूह चरणको चौंथो खेलमा नेपालले हार ब्यहोरको छ । कतारमा आयोजना हुने उक्त विश्वकपको छनौटअन्तर्गत नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो ।

मंगलबार राति जोर्डनको घरेलु मैदानमा भएको सो खेलमा नेपाललाई हराउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान १–१ गोल गरेका थिए । जोर्डनले नेपालविरुद्ध पहिलो हाफमा गोल गर्न सकेन भने दोस्रो हाफमा तीन गोल गर्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६औं मिनेटमा फेरासले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७८औं मिनेटमा अल–ईसानले गोल गर्दै जार्डनको अग्रता दोब्बर बनाए । त्यसको १० मिनेटपछि बाहा फैसलले गोल गर्दै टोलीई ३–० गोलले जिताए ।

यससँगै छनोटको समूह ’बी’ मा रहेको जोर्डनले ७ अंक बनाएको छ । उसले ३ खेल खेल्दा २ खेलमा जित १ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको छ । यता, पराजित नेपाल भने ३ अंकसहित उक्त समूहको चौथो स्थानमा छ । उसले ४ खेलमध्ये १ खेलमा मात्र जित निकालेको छ । नेपालले अन्य ३ खेल भने हारेको छ ।

सो समूहको शीर्ष स्थानमा ९ अंकसहित अपराजित अष्ट्रेलिया छ । तेस्रो स्थानमा कुवेत हुँदा पाँचौं स्थानमा चाइनिज ताइपेइ रहेको छ ।

Loading...