fbpx

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण

वासिङ्टन, २८ असोज । वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले मङ्गलबार गरेको छ ।

निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति भएको कारण विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएको आइएमएफले जनाएको छ । सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले बताएको छ ।

मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३ .४ प्रतिशत कायम रहने अनुमान गरेको थियो । कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ ।

प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ । कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको बताए । कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २.४ रहने बताएको छ । यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ ।

व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ ।

Loading...