fbpx

‘सरौतो’को ट्रेलरमा एक्सनले भरिएकी सुमी (भिडियोसहित)

विराटनगर २८असोज । कात्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै हाइलाइटस् नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ट्रेलरमा नव नायिका सुमी मुक्तानको एक्सन देख्न सकिन्छ । फिल्मको लागि सुमीले निक्कै मिहिनेत गरेको ट्रेलरबाट बुझिन्छ ।

सुमी फिल्ममा एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेको तथा कथा अनुसार सुमीले फिल्ममा बोल्न नसक्ने महिलाको भूमिका पनि निर्वाह गरेकी छिन् । रिभेन्जको स्टोरीमा आधारित भएर निर्माण भएको एक्सन फिल्म ‘सरौतो’मा सुमीका साथ अभिनेता सन्नी सिंह, मनिषा पुन मगर, प्रतिक दुलाल, लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, राजेश रोय, मनोज तामाङ लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मलाई हरि हुमागाईंले निर्देशन गरेका हुन् । यो फिल्म उनको डेब्यु निर्देशन रहेको छ । फिल्म विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको संयुक्त ब्यानरमा निर्माण भएको हो । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको एक्सन फिल्म ‘सरौतो’मा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन र शंकर महर्जनको एक्सन रहेको छ ।

फिल्ममा समावेश गरिएका दुई गीत सार्वजनिक भइसकेका छन् र गीतलाई पनि दर्शकहरुले पनि निकै रुचाएका छन् । सार्वजनिक गरिएको ट्रेलरले दर्शकहरुमा थप कौतुहलता जगाउनेमा निर्माण टिम बिश्वस्त रहेको छ ।

Loading...