fbpx

अमेरिकी कृषि उत्पादनको आयात बढाउँदै चीन

बेइजिङ, २८ असोज । चीनले अमेरिकी कृषि उत्पादन खरिदलाई वृद्धि गरेको छ । अमेरिकी कृषि उत्पादनको आयातलाई अझ बढाउँदै लैजाने चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताए ।

स्थानीय बजारको माग र चिनियाँ कम्पनीहरूको आफ्नै पहलमा उनीहरूले अमेरिकी कृषि सामग्रीहरूको खरिद गरेको र यो बजारकेन्द्रित अवधारणा अनुसार गरिएको प्रवक्ता केङ सुआङले नियमित पत्रकार भेटघाटमा बताए ।

यो बर्ष दुई करोड टन भटमास, सात लाख टन सुगुरको मासु, सात लाख टन ‘सोरघम’ २ लाख ३० हजार टन गहुँ र २ लाख २० हजार टन कपास अमेरिकाबाट चीन भित्रिएको केङले जानकारी दिए । आगामी दिनमा चीनले अमेरिकी खाद्यान्नजन्य कृषि उत्पादनको आयातलाई बढाउँदै जाने उनको भनाई छ ।

Loading...