fbpx

फुटसल टुर्नामेन्टमा गार्डेन एफसी विजयी

धरान २८ असोज । खरानी गाईज धरान १६ ले आयोजना गरेको दशैं–तिहार खुल्ला फुटसल प्रतियोगितामा धरान १३ का गार्डेन फुटसल क्लबले ग्याटिस फुटसल क्लब धरान १५ लाई ६–० ले हराउंदै उपाधि उचालेको छ ।

गार्डेन फुटसल क्लबका रिवस मास्केले ह्याट्रिक गरे भने मिलन लिम्वुले २ र सुदिप गुरुङले १ गोल गरेका थिए । प्रथम हुने क्लबले नगद ३५ हजार, ट्रफी र मेडल तथा द्वितिय हुने क्लबले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरे । खेलका म्यान अफ दि म्याच रिवस मास्के, उत्कृष्ट खेलाडी इचिके राई र उत्कृष्ट गोल किपर सचिन श्रेष्ठ घोषित भएका छन् । उनीहरुले नगद २ हजार सहित मेडल प्राप्त गरेका छन् । उनीहरु तीनै जना विजयी गार्डेन फुटसल क्लबका खेलाडीहरु हुन् ।

विजेताहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव एवम् प्रवक्ता तथा आदिवासी जनजाति सरोकार समाज नेपालका अध्यक्ष सुजेन्द्र गोले तामाङ, विशेष अतिथि नेपाल विद्यार्थी संघ सुनसरी १ का सभापति बालकुमार राई, शेखर थापामगर, सरोज राई, भरत गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा धरान, इटहरी तथा दमकका २२ टिम सहभागी रहेका थिए ।

Loading...