fbpx

भारतीय हुण्डी कारोबारी पक्राउ

 

विराटनगर २८ असोज । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेशका २४ वर्षीय आसुतोष सोनीलाई अवैध रकम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । हुण्डीको कारोबारी सोनीको झोला जाँचका क्रममा २ लाख भारतीय रुपैयाँ फेला परेको हो । पक्राउ परेका सोनीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

Loading...