fbpx

जबरजस्ती करणीको आरोपमा पक्राउ

उदयपुर २८ असोज । उदयपुरको त्रियुगामा बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ८ का २७ वर्षीय सत्य सदालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले गत २५ असोज राती १५ वर्षीया बालिकालाई विवाह गर्ने लोभ देखाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । सदाले ललाईफकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको ती बालिकाको आमाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको हो । सदालाई मंगलबार विहान पक्राउ गरेको उदयपुर प्रहरीले जनाएको छ ।

Loading...