fbpx

भिरबाट लडेर १ जनाको मृत्यु

सोलुखुम्बु २८ असोज । सोलुखुम्बुमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ । सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिका १ की १९ वर्षीया अरुणा राईको भिरबाट लडेर मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेको समयमा घाँस काट्न गएकी राईको भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Loading...