fbpx

‘सरौतो’मा सुमीको भूमिका सार्वजनिक

विराटनगर, २८ असोज । फिल्म ‘सरौतो’मा फिल्मको मुख्य अभिनेत्रीको भूमिका बाहिरिएको छ । फिल्ममा नव–नायिका सुमी मोक्तान मुख्य भूमिकामा रहेकी छिन् भने उनले फिल्ममा बोल्न नसक्ने महिलाको भूमिका निर्वाह गरेकी छन् ।

फिल्मको उक्त भूमिकाकी न्याय दिनका लागि उनले काठमाण्डौ बहिरा संघमा गएर केही समय समेत बिताएकी थिइन् । फिल्मका लागि सुमीले एक्सनमा समेत धेरै मिहिनेत गरेकी छन् । सुमीले फिल्ममा आफूले एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेको र फिल्मको कथामा फिट हुन एक्सनमा निकै मेहनत गरेको सुमीले बताइन् । बदलाको कथा बोकेको फिल्म ‘सरौतो’ हरि हुमागाईंले डेब्यु निर्देशन गरेका हुन् ।

रिभेन्जको स्टोरीमा आधारित भएर निर्माण भएको एक्सन फिल्म ‘सरौतो’मा सुमीका साथ अभिनेता सन्नी सिंह, मनिषा पुन मगर, प्रतिक दुलाल, लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, राजेश रोय, मनोज तामाङ लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको हो । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको एक्सन फिल्म ‘सरौतो’मा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन र शंकर महर्जनको एक्सन रहेको छ । फिल्म कार्तिक २२ गते रिलिज हुने भएको छ ।

फिल्मको ट्रेलर र फिल्ममा समावेश गरिएका दुई गीत सार्वजनिक भइसकेका छन् । गीतलाई पनि दर्शकहरुले पनि निकै रुचाएका छन् ।

Loading...