fbpx

पारसले राजीनामा दिएपछि सन्दीपले के भने ?

विराटनगर, २८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट कप्तान पारस खड्काले कप्तानीको पद त्यागेपछि युवा क्रिकेटर सन्दीप लामिछानेले भावुक प्रतिक्रिया दिएका छन् । नेपाली युवा लेग स्पीनर सन्दीपले सामाजिक सञ्जालमार्फत् भावुक प्रतिक्रिया व्यक्त गरेका हुन् ।

aa

उनले पारस अझै सबैको हृदयको कप्तान भएको बताएका छन् । उनले लेखेका छन्, ‘तपाईंको नेतृत्वमा नेपाली क्रिकेटले त्यस्ता स्थानहरूमा पुगेका छ, जहाँ यसअघि कहिल्यै पुगेको थिएन । तपाईंले विगतदेखि मलाई र धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र हामीर्लाइ यो सुन्दर खेललाई प्रेम गर्न सिकाउनुभयो ।’

यसैगरी सन्दीपले पारसलाई सकेसम्म धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको आफूले हेर्न चाहेको बताएका छन् । उनले लेखेका छन्, ‘तपाईं साँच्चिकै लिजेन्ड हुनुहुन्छ, जसले हामी सबैको हृदयमा ठूलो छाप पार्नुभएको छ । द लिजेन्ड पारस खड्का ।’
पारसले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी कप्तानी पद छाडेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् । झण्डै एक दशकदेखि राष्ट्रिय टोलीको नेतृत्त्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताए । आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिएका हुन् ।

पारस नेपाली क्रिकेटमा सर्वा्धिक सफल कप्तान र खेलाडी हुन् । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गरेका थिए । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी सम्हालेका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उनले कप्तानीको भूमिका निर्वाह गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्रा्ष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो ।

Loading...