fbpx

भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनकुल : प्रम ओली

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकद्वय भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनकुल हुने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका हुन् ।

उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताउँदै सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले यस सम्पन्नतालाई प्रवद्र्धन गर्दै आपसी सहकार्यबाट यी देशको आर्थिक समृद्धि वर्तमानको कार्यभार भएको पनि बताए । चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको र राष्ट्रपति सिले नेपाल आउनुअघि भारतको भ्रमण गरेको एशियाका देशहरु कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको उल्लेख गरे ।

राष्ट्रपति सीले यही असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीले भने, ‘विश्वमै धेरै जनसङ्ख्या रहेका भारत र चीन पुराना कुरा बिर्सेर आपसी सम्बन्धलाई सुमधुर बनाउँदैछन् । नेपाल पनि सँगसँगै अगाडि बढ्न चाहान्छौँ । एशिया अब कटुताको होइन, पारस्परिक एकता, मानवहित र समृद्धिको बाटोमा अघि बढ्न चाहान्छ ।’ पूर्वीय सभ्यता र संस्कृति उत्कृष्ट र लोभलाग्दो भएको उल्लेख गर्दै उनले यसका राम्रा पक्षहरुको संरक्षण गर्दै जान आग्रह गरे ।

Loading...