visit-nepal

पुरानै धङधङी रुचाउनेहरुले थितीको शासन मन पराएनन , – प्रम ओली

काठमाडौं,२८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै धङधङी पालेर बस्न रुचाउनेहरुले परिवतनपछिको थितीको शासन मन नपाएको वताएका छन ।
अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तन भएकै कारण नेपालमा थिती बिधी बसेको तर कतिपयलाई मन नपरेर पुरानै धङधङी पालेर बसेको बताएका हुन ।
अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दैैगर्दा नेपालमा बेदका ऋचाहरुको रचना भइरहेको थियो भन्दै प्रधानमन्त्री ओलीले न्यूटनले गूरुत्व आकर्षणको नियम पत्ता लगाउनु भन्दा धेरै अघि भाष्करचार्यले त्यो नियम पत्ता लगाएको वताए । प्रधानमन्त्री ओलीले भने , “ फरक यति मात्र हो उनीहरुले प्रचार प्रसार गरेर हाम्रा पुर्खाले पत्ता लगाएको कुरालाई ओझेल पारे ।”
कुनैबेला पुर्खाहरुले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन’लाई वर्तमान सरकारले राष्ट्रिय आकांक्षाको रुपमा सुखी नेपाली समृद्ध नेपालको रुपमा अघि सारेको प्रधानमन्त्री ओलीको बताए । उनले नेपाली संस्कृति सभ्यताको परिचायक भएको बताउंदै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजहरुले बाटो देखाइदिएको उल्लेख गरे ।
पछिल्लो समय नेपालको सभ्यता क्षय हुँदै गएको भन्दै प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त्त गरे । सञ्चार माध्यमले अरुको नक्कल गर्ने भएर आदरार्थी शब्द पनि बिर्सिएको गुनासो गरे ।

Loading...