fbpx

हाम्रो बच्चा ढिला आउँछ तर कडा आउँछ : स्वस्तिमा खड्का

विराटनगर, २८ असोज । निर्देशक तथा चचिर्त अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का वैवाहिक जीवनमा बाँधिएको ४ वर्ष भइसकेको छ । उनीहरूले वि.सं २०७२ सालको फागुनमा विवाह गरेका थिए ।

aa

उनीहरूले केही समय प्रेमपछिको मागी विवाह गरेका हुन् । अभिनयमा ब्यस्त यो जोडीको अहिलेसम्म बच्चाको प्लान भने गरेका छैन । हालै यी दुईले निर्देशक हेमराज विसीको ‘घामड शेरे’मा एकसाथ काम गरेका छन् । रियल लाइफमा निकै रुचाइएको यो जोडीले धेरैपटक म्युजिक भिडियोमा संगै देखिए पनि पहिलो पटक फिल्ममा एकसाथ काम गरेका हुन् ।

फिल्ममा निश्चल र स्वस्तिमाले साली र भेनाको भूमिका निर्वाह गरेका छन् । सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रम रहेको थियो । कार्यक्रममा निश्चल र स्वस्तिमा दुवै उपस्थित भएका थिए भने उनीहरुलाई विभिन्न प्रश्नहरू समेत सोधिएको थियो ।

पत्रकारले निश्चललाई शेरे कहिले बाबा बन्छ त ? भनेर प्रश्न गरिएको थियो । निश्चलले यो प्रश्नको उत्तर दिन गाह्रो माने पनि स्वस्तिमाले निश्चलको हातबाट माइक खोसेर सन्तान जन्माउने आफूहरूको कुनै योजना नरहेको कारण अझै केही वर्षपछि आउने भए पनि हाम्रो बच्चा ढिला आउँछ तर कडा आउँछ भनेर जवाफ दिएकी थिइन् ।

स्वस्तिमाको जवाफमा निश्चिल भने मज्जाले हासेका थिए । केही वर्ष राम्रा र प्रभावशाली फिल्ममा अभिनय गरेपछि मात्र सन्तानको योजना बनाउने उनले जानकारी दिएकी छिन् । हिजो मात्र ट्रेलर सार्वजनिक गरिएको फिल्म ‘घामड शेरे’ यहि कार्तिक ८ गते प्रदर्शनमा आउने भएको छ ।

Loading...