fbpx

दसैँमा मोरङमा ११ जनाबाट आत्महत्या, १५ जनाबाट आत्महत्याको प्रयास

विराटनगर, २७ असोज । दसैँको समयमा मोरङमा एघार जनाले आत्महत्या गरेका छन् भने पन्ध जनाले चाँहि आत्महत्याको प्रयास गरेका छन् । मोरङ प्रहरीका अनुसार दसैँको घटस्थापना १२ आसोजदेखि पूर्णिमा २६ असोजसम्ममा जिल्लामा ११ जनाले विभिन्न कारणले आत्महत्या गरेका छन् ।

१५ जनाले चाँहि बिष सेवन गरेर आत्महत्याको प्रयास गरेका हुन् । मोरङमा चालु वर्षको साउनमा २१ भदौमा २५ जनाले आत्महत्या गरेका छन् । गरिबी, झैझगडा, वैदेशिक रोजगार आदि अनेक कारणको डिप्रेसनले गर्दा मानिसहरूले आत्महत्या गर्ने गरेका छन् ।

२ हजार २७ वटा सवारी कारवाहीमा ५५ सवारी दुर्घटना

यसैगरी यो दसैँमा मोरङमा २ हजार २७ वटा सवारीसाधन ट्राफिक नियम उल्लंघको कारवाहीमा परेका छन् । जसबाट प्रहरीले ११ लाख ३३ हजार राजश्व असुली गरेको छ । यस्तै दसैँको पन्ध दिनको समयमा मोरङमा ५५ वटा सवारी दुर्घटना भएका छन् । जसबाट ६ को मत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

दसैँको समयमा ६० जना मापसे कारवाहीमा परेका छन् । मोरङमा दसैँको सयमा १ ठूलोसहित जम्मा ७ वटा चोरीका घटना भएका छन् । घर फोडेर विराटनगरको मुनालपथमा भएको चोरीको घटनामा संलग्नलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ ।

 

Loading...