fbpx

‘राधे’मा फेरि एक पटक सलमान र दिशाको जोडी

विराटनगर, २८ असोज । बलिउडका चर्चित अभिनेता सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘राधेः इन्डियाज मस्ट वान्टेड कप’ को तयारीमा जुटेका छन् । फिल्मको लागि अभिनेत्रीको नाम पनि सार्वजनिक भएको छ । फिल्ममा मुख्य अभिनेत्रीको भूमिकाको लागि दिशा पटानीलाई कन्सिडर गरिने भएको छ ।

यसअघि फिल्मको लिड हिरोइनका लागि अभिनेत्री अनुष्का शर्मालाई लिने चर्चा चलेपनि फिल्मको निर्माण टिमले छिट्टै दिशा फिल्ममा हुने कुराको औपचारिक घोषणा गर्ने भएका छन् । दिशा र सलमानले यसअघि फिल्म ‘भारत’ मा संगै काम गरिसकेका छन् । सलमानले डिसेम्बरमा रिलिज हुन लागेको फिल्म ‘दबंग ३’को रिलिज अगावै ‘राधे’को केही भाग सुटिङ गर्ने भएका छन् ।

‘राधेः इन्डियाज मस्ट वान्टेड कप’ को छायांकन यही नभेम्बर ४ देखि मुम्बईमा हुने पक्का भएको छ । ‘राधे’ २०१७ मा प्रदर्शनमा आएको कोरियन फिल्म ‘द आउटलज’ को रिमेक हुने छ । खबरका अनुसार फिल्म हिन्दीमा बनाउनका लागि यसको राइटस् समेत किनिसकेको छ । फिल्मलाई दर्शकको रोजाइअनुसार निर्माण गरिने भएको छ ।

प्रभु देवाले निर्देशन गर्ने फिल्मको स्किृप्ट सलमानका बुबा सलीम खनाले लेख्दै छन् । ‘वान्टेड’ र ‘दबंग ३’ पछि निर्देशक प्रभु र सलमान ले तेस्रो पटकसंगै कम गर्न लागेका हुन् । फिल्म सन् २०२० को ईदमा रिलिज हुने सम्भावना धेरै रहेको देखिन्छ ।

Loading...