fbpx

म रेकर्डको पछि लाग्दिँन, रेकर्ड आफैं मेरो पछि लाग्छन् : रोनाल्डो

एजेन्सी, २८ असोज । सन् २०२० मा हुने युरो कप छनौटअन्तर्गत साबिकको विजेता पोर्चुगल युक्रेनसँग २–१ गोलले पराजित भयो । युक्रेनको घरेलु मैदानमा पोचुर्गललाई हराउन रोमन यरेमचुक र एन्ड्री यर्मोलेन्कोले समान एक–एक गोल गरे । यता, पराजित टोली पोर्चुगलका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए ।

safg

खेलको ७२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान बनाए । रोनाल्डोेले आफ्नो करिअरमा ७ सय गोल पूरा गरे । पोर्चुगलका लागि ९५औं गोल गरेका उनले ७ सयौं गोलको आँकडा पूरा गरे । रोनाल्डोले स्पोर्टिङ क्लब सीपीबाट ३२ खेल खेल्दा ५ गोल गरेका छन् भने इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट २ सय ९२ खेल खेल्दै १ सय १८ गोल गरेका छन् ।

यस्तै ९ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका उनले त्यहाँबाट ४ सय ३८ खेलमा ४ सय ५१ गोल गरेका छन् । सन् २०१८ मा रियलबाट इटालियन क्लब युभेन्टस गएका उनले इटालीबाट ३२ गोल गरेका छन् । पोर्चुगल र युक्रेनबीचको खेलमा गोल गर्दै ७ सय गोलको कीर्तिमान बनाएका रोनाल्डोले खेलपछि बोल्दै आफूलाई रेकर्डले नै पछ्याउने दाबी गरे ।

३४ वर्षीय रोनाल्डोले पत्रकारसामु भने, ‘जो कोही यस्तो अवस्थामा पुग्न सक्दैनन् । मेरा सहकर्मीलाई धन्यवाद, मेरा प्रशिक्षकलाई धन्यवाद, जसको सहयोगले म यस्तो खेलाडी भएँ । हामीले जित्न सकेनौं यसमा म धेरै नै निराश छु, तर मेरो टिमदेखि मलाई गर्व छ ।’

aa

यस्तै आफ्नो उपलब्धीका बारेमा बोल्दै रोनाल्डोले भने, ‘मसँग कति रेकर्डहरू छन् ? म आफैंलाई थाहा छैन । यसका लागि म मेरा सहयोगीहरूलाई धेरै धेरै धन्यवाद दिन्छु, जसले यी उपलब्धी बनाउन सहयोग गरे । अघिल्लो पटक मैले यस ग्राउण्डबाट च्याम्पियन्स लिग जितेको थिएँ, त्यो एकदमै सुन्दर समय थियो । आज मैले पुनः यहाँ खेले तर जित्न भने सकिँन ।’

‘रेकर्डहरूले प्राकृतिक रूपमा नै मलाई पछ्याउँछन्,’ उनले थपे, म रेकर्डहरूलाई हेदिँन, उनीहरूले नै मलाई पछ्याइरहेका हुन्छन् । म रेकर्डको पछि लाग्दिँन, रेकर्ड आफैं मेरो पछि लाग्छन् । यो प्राकृतिक रूपमा नै भइरहेको हुन्छ ।’

Loading...