fbpx

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, ३ घाइते

सुनसरी, २८ असोज । सुनसरीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–४ कटानमा भएको उक्त दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

सोमबार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम जाँदै गरेको को२२प ८०४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को२९प ६८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईवटै मोटरसाइकलमा सवार रहेका ४ जना घाइते भएका थिए ।

घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएकोमा उपचारको क्रममा को२२प ८०४९ नम्बरका मोटरसाइकल चालक उदयपुरको तपेश्वर बस्ने ५० वर्षीय निरीराज गिरिको मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा पछाडी सवार रहेका फत्तेपुर नगरपालिका–२ का ५० वर्षीय भक्तबहादुर बिष्ट, को२९प ७८५३ नम्बरको मोटरसाइकल चालक इनरुवा नगरपालिका–४ का २३ वर्षीय सवीर आलमको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने को२९प ७८५३ नम्बरको मोटरसाइकलमा पछाडी सवार रहेका इनरुवा नगरपालिका–४ का ३३ वर्षीय रियाज मियाको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Loading...