fbpx

पत्रपत्रिकामा देश : मन्त्रिपरिषद हेरफेर हुँदै

विराटनगर २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिरहेको समाचार अन्नपूर्ण पोष्टमा छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग प्रधानमन्त्री ओलीले परामर्श गरि मन्त्रीहरु हेरफेर गर्न लागेका हुन् ।

ओली र दाहालबीच सोमबार झण्डै २ घण्टा यही विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले ६ मन्त्री हेरफेर गर्न खोजेको बालुवाटार श्रोतले जनाएको छ । शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाइ मन्त्री बनाउने तयारीमा ओली रहेका छन् । प्रधानमन्त्री ओलीले तुम्बाहाम्फेलाई राजीनामाको विषयमा छलफल गरि मन्त्री पदकालागि तयार रहन भनेको श्रोतले बतायो । सभामुख र उपसभामुख एकै दलको हुन नपाउने संबैधानिक व्यवस्थाको कारण कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद नछोड्न नेकपाले उपसभामुख शिवमाया तुम्बाहम्फेलाई राजीनामा गराउन लागेको हो ।

फेरी पनि पाठ सिक्दै नेपाल शिर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य समाचार छापेको छ । चीनका राष्ट्रपति सी जिनपिङले सरप्राइज प्याकेज घोषणा गर्छन भन्ने धेरैले आशा राखेका थिए । तर नेपालले उल्टै अनौठो अनौठो प्रस्ताव राखेर सरप्राइज दिएको कूटनीतिज्ञहरुले बताएका छन् । १२ सय मेगावाटको बुढी गण्डकीजस्तो जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवाले सरकारले दुई पटक निर्णय गरेको भएपनि सहमतिमा नपुग्दै गेजुवा सम्पर्कविहिन भएको विषय एजेण्डा नबनेको समाचार छ ।

चिनियाँ राष्ट्रपति सीले ५६ अर्ब रुपैयाँ सहयोगको घोषणा गरेपनि संयुक्त वक्तव्यमा भने उल्लेख छैन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको द्विपक्षीय भेटवार्तामा ३ वर्षमा खर्च गर्ने गरि ५६ अर्ब रुपैयाँ दिने घोषणा गरेका थिए ।  सी को भ्रमणकै विषयमा आज राजधानीबाट छापिएका पत्रपत्रिकाले प्रमुखताका साथ समाचार छापेका छन् । त्रिदेशीय सहकार्यको आधार तय शिर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ । कान्तिपुर दैनिकले सीले नेपालको आतिथ्यताबाट आल्हादित भएँ भन्ने सन्देश पठाएको समाचार छापेको छ । कान्तिपुरमै सी भ्रमणबारे के भन्छन् विज्ञहरु शिर्षकमा समाचार छ ।

सभामुखको लागि नेकपा भित्रै पूर्व एमाले र पूर्व माओवादीबीच तानातान हुन थालेको छ । कृष्णबहादुर महराको बर्हिगमन पछि नेकपाभित्र उपयुक्त पात्रको खोजी शुरु गरिएको छ । पार्टी एकता अघि आप्mनो भागमा परेको सभामुख पद अहिले पनि पूर्वमाओवादीबाटै छानिनु पर्ने अडान छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने वा पूर्व एमालेबाटै उपयुक्त पात्र खोजिनु पर्ने अर्काे खेमाको अडान छ ।

Loading...