fbpx

फार्मेसीबाट लागुऔषध बिक्री, दुईजना पक्राउ

विराटनगर, २७ असाेज । फार्मेसीमा विक्रीकालागि लैजादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरी इटहरी– २ पशुपति चोकका २० वर्षिय असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका– ४ का २६ बर्षिय नरेश यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले इटहरी–२ मा उनको तिरुपती मेडिकल पसल सञ्चालन गर्दै आएका छन् । प्रहरीले श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा यादवलाई पक्राउ गरेकाे हाे ।

असोज २३ गते पूर्व पश्चिम राजमार्गको बेलबारी खण्डबाट ३२९६ पिस लागुऔषध ट्याब्लेटसहित श्रैष्ठ पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार श्रेष्ठको साथबाट स्पासपेन १६७० पिस, स्याटोडल–५० रिमाडल ६ पिस बरामद गरेको हो ।

अनुसन्धानका क्रममा श्रेष्ठले यादव पसलबाट बिक्रीकालागि ल्याएको बताएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो । यादवले इटहरीमा सञ्चालन गरेको पसलबाट डाइलक्स डिसीको दुईवटा खाली बोतल, स्पापेन २१९ पिस, स्पास्मो १९ पत्ता भेटिएको   प्रहरी उपरीक्षक अधिकारीले बताए । पक्राउ परेकाहरू माथि अदालतबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएकाे  उनले बताए ।

Loading...