fbpx

एन्जेलिना जोलीको ‘मेलफिसेन्ट’मा ऐश्वर्याको आवाज

विराटनगर, २७ असोज । हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीको आगामी फिल्म ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’ को १८ अक्टोबरमा प्रदर्शनमा आउने भएको छ । फिल्म हिन्दी र अंग्रेजीमा संसारभर एकैसाथ रिलिज हुने भएको हो ।

aa

फिल्मको हिन्दी संस्करणका लागि बलिउडकी अभिनेत्री ऐश्वर्या राय बच्चनले एन्जेलिनाको आवाजलाई हिन्दीमा डब गर्दै छिन् । बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो ट्वीटर मार्फत आधिकारिक रूपमा ऐश्वर्याले डिजनी यूनिभर्स ज्वाइन गरेर ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’को हिन्दी संस्करणका लागि आवाज दिएको जानकारी दिएका छन् ।

छ वर्षपछि ‘मेलफिसेन्टः मिस्ट्रेस अफ एविल’ को सिक्वेल आएको हो । फिल्मको सिक्वेलमा एन्जेलिनाका साथै एली फेनिङ, सेम रिले, लेसले मेनविले, इमेल्डा स्टान्टन, जूना टेम्पललगायत कलाकारहरूको मुख्य अभिनय रहेको छ । सन् २०१४ मा प्रदर्शनमा आएको ‘मेलफिसेन्ट’मा अभिनेत्री एन्जेलिना जोलीले नै मुख्य भूमिका निभाएकी थिइन् ।

Loading...