fbpx

सिरहामा सकेट बम फेला, सेनाद्वारा निष्क्रिय

सिरहा, २७ असोज । सिरहामा सकेट बम फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार सिरहाको चोहर्वा्स्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको हो । बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ ।

कामदारहरुले बम देखेपछि तत्कालै प्रहारीलाई खबर गरेका थिए । बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरी उपरीक्षक चर्तुवेदीले बताए । रासस

Loading...