fbpx

क्लब वरीयताको शीर्ष स्थानमा बार्सिलोना, अन्य क्लबको स्थान कहाँ ?

एजेन्सी, २७ असोज । विश्व फुटबलको क्लब वरीयता सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको उक्त वरीयता शीर्ष स्थानमा ला लिगा च्याम्पियन क्लब बार्सिलोना पर्न सफल भएको छ ।

क्लब वर्ल्ड र्याङकिङ डटकमले उक्त क्लब वरीयता सार्वजनिक गरेको हो । उक्त वरीयता सूचीमा १५ हजार ५ सय ५९ पोइन्ट पाउँदै स्पेनिस क्लब बार्सिलोना शीर्ष स्थानमा रहन सफल भएको हो । यद्यपि, यसअघि सार्वजनिक भएको वरीयतामा पनि बार्सिलोना पहिलो स्थानमा नै थियो ।

यसैगरी वरीयतामा युरोपियन च्याम्पियन्स क्लब लिभरपुलले दोस्रो स्थान बनाएको छ । इंग्लिस क्लब लिभरपुल ४ स्थान माथि उक्लिँदै दोस्रो बन्न सफल भएको हो । लिभरपुलसँग १३ हजार १ सय ७४ पोइन्ट छ । यसैगरी वरीयताको तेस्रो स्थानमा भने अर्जेन्टिनी क्लब रिभर प्लेट रहेको छ । उसँग १२ हजार ९ सय ५१ पोइन्ट छ ।

वरीयताको चौथो स्थानमा भने इंग्लिस क्लब म्यानचेष्टर सिटी छ । प्रिमियर लिग विजेता सिटीले १२ हजार ७ सय ९१ अंक बनाएको छ । पाँचौं स्थानमा स्पेनिस क्लब भ्यालेन्सिया रहँदा छैटौं स्थानमा रियल मड्रिड रहेको छ । यसैगरी सातौं स्थानमा अर्जेन्टिनी क्लब बोका जुनियर्स रहँदा आठौंमा ब्राजिलियन क्लब एथ्लेटिको पारानान्से तथा नवौं स्थानमा ब्राजिलकै पाल्मेइरास छ ।

वरीयताको १०औं स्थानमा इंग्लिस क्लब चेल्सी रहँदा आर्सनल ११औं स्थानमा छ । वायर्न म्युनिख १३औं स्थानमा छ भने इटालियन क्लब युभेन्टस १९औं स्थानमा तथा फ्रेन्च क्लब पीएसजी २५औं स्थानमा छ । यस्तै म्यानचेस्टर युनाइटेड भने ४६औं स्थानमा छ ।

aa

Loading...