fbpx

नालीमा डुबेर २ वर्षीया बालिकाको ज्यान गयो

मोरङ, २७ असोज । मोरङमा नालीमा डुबेर २ वर्षीया बालिकाको ज्यान गएको छ । मोरङको उर्लावारी नगरपालिका–४ वानडाँडा बस्ने कुमार मगरकी २ वर्षीया छोरी निर्जला मगरको नालीमा डुबेर मृत्यु भएको हो ।

आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबिरहेको छिमेकीले देखी तत्काल उपचारको लागि मंगलबारे अस्पताल लगिएको थियो । तर, अस्पताल र्पुयाउना साथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Loading...