fbpx

यस्तो बन्यो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ को ट्रेलर (भिडियोसहित)

विराटनगर, २७ असोज । फिल्म ’घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । हेमराज बिसीको निर्देशनमा तयार भएको फिल्मको सोमबार एक कार्यक्रमबीच काठमाडौंमा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरलाई ओएसअर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलर निकै कमेडी शैलीमा तयार गरिएको देखिन्छ । रोमान्टिक तथा कमेडी जनरामा आधारित भएर निर्माण गरिएको फिल्ममा रियल कपल निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ ।

फिल्ममा यी दुइका साथै सुष्मा निरौला र बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल र रोयलगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको छ । निर्देशक विसीले होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा रहेर फिल्मको कथा तथा पटकथालाई आफैँ लेखेर निर्माण गरेका हुन् ।

नरेन्द्र मैनालीको छायांकनमा तयार भएको फिल्मको अधिकांश छायांकन सुर्खेत र काठमाडौँमा भएको हो । धेरै पटक गीत तथा म्युजिक भिडियोमा संगै काम गरिसकेका निश्चल र स्वस्तिमाले निर्देशक बिसीको निर्देशन गरेको फिल्म ‘घामड शेरे’ मार्फत पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्दै छन् । त्यसैले पनि फिल्मको दर्शकमा व्यग्र प्रतीक्षा रहेको छ । फिल्म तिहारको उपलक्षमा कार्तिक ८ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

 

Loading...