visit-nepal

पक्राउ परेका आलम सांसद पदबाट निलम्वित

काठमाडौं, २७ असोज । बम विष्फोट घटनाको अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । गत आइतबार रौतहटबाट पक्राउ आलमलाई संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो ।

df

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ । रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विष्फोट घटनामा संलग्न भएको आरोप छ ।

प्रहरीका अनुसार बम बनाउँदै गर्दा २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा विष्फोट भएको थियो । बिष्फोटमा घाइते भएकाहरूको हत्या गरेको उजुरी परेपछि अनुसन्धानका लागि सांसद आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार भारतबाट ल्याएर बम बनाउन लगाउने क्रममा मृत्यू भएका र घाइते भएका केही व्यक्त्तिहरुलाई उनले ईटाभटाको चिम्नीमा हालेर गायब बनाएको आरोप लाग्दै आएको छ । तर सत्ता र शक्त्तिमा भएकोले पूर्व मन्त्री तथा सांसद आलम पक्राउ पर्नेबाट जोगिदै आएका थिए ।

Loading...