fbpx

उच्च रक्तचाप हुनुका केही कारणहरू यस्ता छन्

विराटनगर, २७ असोज । मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप अर्थात् ब्लड प्रेसर भनिने गरिन्छ । सामान्य मानिसको रक्तचाप १२०–८० हो । माथिल्लो ब्लड प्रेसर १४० अथवा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप वा प्रेसर हाइ भएको मानिन्छ ।

अब्यबस्थिथ जीवनशैली, खराब खानपान तथा ब्यायामको कमीका कारण हाइ–ब्लड प्रेसर अर्थात् उक्त रक्तचापको समस्या सुरु हुन्छ । आम मानिसको जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशतसम्म हुनसक्छ । मानिसको वंशाणुगत कारण पनि उच्च रक्तचापको सम्भावना हुन सक्छ । परिवारका कोही सदस्यहरूमा पहिलेदेखि नै उच्च रक्तचापको रोगी छ भने नयाँ पुस्तामा पनि सर्ने सम्भावना उत्तिकै हुने गर्छ ।

मानिसको उमेरसँगै रक्तचापको सम्भावना पनि बढ्दै जाने हुँदा बृद्ध अवस्थामा पुग्दा उच्च रक्तचापको जोखिम झन् बढ्न सक्छ । बृद्ध अवस्थामा पुगेका मानिसको रगतका धमनीहरूको कडा हुँदै जाने हुँदा उच्च रक्तचापको मात्रालाई बढाउने सक्छ । महिलाहरूको तुलनामा पुरूषलाई बढी उच्च रक्तचापको खतरा हुने गर्छ । उच्च रक्तचाप बढाउने अर्को महत्वपूर्ण कारण हो, तनाव । जति धेरै तनाव त्यतिनै उच्च रक्तचापको समस्या हुने सम्भावना बढ्ने हुन्छ ।

मानिसको मोटो शरीरले पनि उच्च रक्तचापको सम्भावनालाई बढाइ रहेको हुन्छ । मोटो मानिसको शरिरमा रहने बोसोको मात्राले शरिरका धमनीलाई कसिलो बनाएर रगतको प्रवाहमा गडबडी ल्याउने हुँदा रक्तचापको सम्भावना निम्त्याउन सक्छ । शरिरमा आवश्यक पर्ने नुनको मात्राभन्दा बढी नुनको प्रयोगले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । बढी रक्सी पिउने मानिसलाई पनि रक्तचापको समस्या हुन सक्छ ।

उच्च रक्तचापले बिनाकुनै लक्षणले शरीर भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । जब शारीरिक मेहनत हुने काम, जस्तै हिँड्ने, दगुर्ने, ब्यायाम गर्ने, काम गर्ने तथा डराउने गर्दछौं, यस्तो बेलामा हाम्रो ब्लडप्रेसर बढ्ने गर्छ । उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । सामान्य कुराहरु विचार गर्न नसक्दा हृदयघात तथा अन्य मुटु रोगको कारण उच्च रक्तचापसमेत हुन सक्छ ।

उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुको गति बन्द हुने गर्छ र २० प्रतिशत बिरामी पक्षाघातबाट मर्ने गर्छन् । यदि उक्त रक्त चाप भएर औषधि खान थाल्यो भने यसलाई जीवन भर निरन्तरता दिनु पर्ने हुन्छ । त्यसैले, औषधिबिना नै ब्लड प्रेसर कम गर्न खोज्नु पर्छ । रक्तचापलाई जहिले पनि १३०–८० मा सीमित राख्न सक्नु पर्छ ।

Loading...