fbpx

युरो कप छनौट : साबिकको विजेता पोर्चुगलका साथै, फ्रान्स र इंग्ल्याण्डले खेल्दै

विराटनगर, २७ असोज । सन् २०२० मा हुने युरो कप छनौटअन्तर्गत आज राति ७ खेलहरू हुँदैछन् । छनौटको आठौं चरणअन्तर्गत आज १४ वटा टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

asf

आज हुने खेलहरू सबै नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुृनेछन् । आजको खेलमा साबिकको विजेता पोर्चुगलका साथै विश्व विजेता फ्रान्स र इंग्ल्याण्ड पनि प्रतिस्पर्धामा छन् । पोर्चुगलले युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । युक्रेनको मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउने योजनाका साथ मैदानमा उत्रनेछन् ।

यस्तै सन् २०१८ को रसिया विश्वकपको विजेता टोली फ्रान्सले भने टर्कीसँग खेल्नेछ । आफ्नै मैदानमा हुने उक्त खेलमा फ्रान्सले टर्कीलाई हराउने लक्ष्य लिएको छ । यस्तै इंग्ल्याण्डले बुल्गेरियासँग खेल्दैछ । यो खेल भने बुल्गेरियाकै मैदानमा हुनेछ ।

आज हुने खेलहरूः

  1. माल्डोभा भर्सेस अल्बानिया– राति १२ः३० बजे
  2. आइसल्याण्ड भर्सेस एन्डोरा– राति १२ः३० बजे
  3. कोसोभो भर्सेस मोन्टेनेग्रो– राति १२ः३० बजे
  4. बुल्गेरिया भर्सेस इंग्ल्याण्ड – राति १२ः३० बजे
  5. लिथुनियाँ भर्सेस सर्बिया– राति १२ः३० बजे
  6. युक्रेन भर्सेस पोर्चुगल– राति १२ः३० बजे
  7. फ्रान्स भर्सेस टर्की– राति १२ः३० बजे
Loading...