fbpx

पत्रपत्रिकामा देश : सम्बन्ध नयाँ उचाइमा

विराटनगर २७ असोज । राजधानीबाट छापिएका पत्रिका चिनियाँ राष्ट्रपति सी चिन फिङको भ्रमण र भएका सम्झौताहरुको विषयमा समाचार प्रमुखताका साथ छापिएको छ । कान्तिपुर दैनिकले यो समाचारलाई ‘नेपाल चीन अब रणनीतिक साझेदार’ शिर्षकमा खबर छापेको छ । नयाँ पत्रिका दैनिकले ‘भव्य भ्रमण : उत्कृष्ट सन्देश’ शिर्षकमा समाचार छापेको छ । अन्नपूर्ण पोष्टमा ‘सम्बन्ध नयाँ उचाइमा’ शिर्षकामा समाचार छापेको छ ।

विआरआई सम्वृद्धिको साझा आधार शिर्षकमा नागरिक दैनिकमा समचार छ । राष्ट्रपति सीको भ्रमणका क्रममा केरुङ काठमाडौंँ रेल अध्ययन गर्ने सहमति भएपनि त्यो कसको खर्चमा हुने भन्ने टुंगो नलागेको, केरुङ काठमाडौं सडकका दुई सुरुङ अध्ययन गर्ने सहमति भएपनि त्यसको खर्च समेत टुंगो नलागेको नयाँ पत्रिका दैनिकमा समाचार छ । चीनले भने सुरक्षामा सर्वाधिक चासो देखाएपनि सुपुर्दगी सन्धि भने भएन् ।

कान्तिपुर दैनिकमा चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छोडेको समाचार छ । बाचा गरेका प्रतिबद्धताहरु पुरा गरेरै छोड्ने अडान राख्दै सीले राजनीतिक रुपमा पनि गतिलो सन्देश छोडेका छन् । हिमालय वारपार बहुआयमिक सम्पर्क सञ्जाल को प्रस्तावनालाई बहुपक्षीय समझदारीमार्फत अघि बढाएका छन् । यस्तै सीले नेपालमा रेल आउने बताएको समाचार पनि कान्तिपुरले मुख्य पृष्ठमा छापेको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएको खबर अन्नपूर्ण पोष्टले छापेको छ । भ्रमणका क्रममा सीमा व्यवस्थापन, सीमापार रेल परियोजना, सगरमाथाको पर्यावरणीय संरक्षण, अपतकालीन उद्दारमा सहयोग, परम्परागत उपचार पद्धतिमा सहयोग, व्यापार संयुक्त कार्यदल गठन गर्ने विषयमा सम्झौता भएको छ । नेपाल चीन भाइभाई शिर्षकमा सम्पादकीय छापेको नागरिक दैनिकले विआरआई कार्यान्वयनमा समेत जोड दिइएको १४ बुँदे संयुक्त वक्तव्यमा रहेको नागरिक दैनिकले समाचार छापेको छ ।

यस्तै नागरिक दैनिकमा नै बम बनाउने क्रममा घाइते भएका ८ जनालाई जलाएर मारेको आरोपमा नेपाली कांग्रेसका नेता तथा संघीय प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । सांसद आलममाथि २७ चैत्र २०६४ मा विष्फोटमा घाइते भएका ८ जनालाई जलाएर मारेको आरोपमा पक्राउ गरेको हो । रौटहट २ बाट प्रतिनिधिसभामा निर्वाचित आलमलाई आइतबार बिहान पिप्राभगवानपुरबाट प्रहरीले पक्राउ गरेको हो । काका इद्रीस शेखको गोठमा बम बनाउने क्रममा घाइते भएकाहरुलाई उनले आफन्तको इटाभट्टामा लगेर जालाएर मारेको आरोप छ ।

Loading...