fbpx

पत्रपत्रिकामा प्रदेश : औषधिको परिणाम बढाएर ठगी

विराटनगर २७ असोज । विराटनगर महानगरपालिकाभित्रका ठुला अस्पताल वरिपरिका फार्मेसी सञ्चालकको निर्देशनमा बिरामीले खरिद गर्ने औषधि डाक्टरले लेखे भन्दा बढी दिएर ठगी गर्ने गरेको पाइएको छ ।

विराटनगर ९ मा रहेको न्यूरो हस्पिटल अगाडीको साक्षी मेडिकल हलका सञ्चालकको निर्देशनमा कर्मचारीले डाक्टरले लेखेको भन्दा बढी औषधि बेच्ने गरेको पाइएको हो । वडा प्रहरी कार्यालय क ले साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिका १९ का सन्तोष मेहतालाई आइतबार पक्राउ गरेको समाचार ब्लाष्ट टाइम्समा मुख्य समाचार छापिएको छ । मेडिकलका सञ्चालकद्वय सप्तरी घर भई विराटनगर बस्दै आएका चन्द्रशेखर यादव र निरञ्जन शाक्यको निर्देशनमा काम गर्नेहरुले बिरामीलाई दिएको औषधिको परिणाम बढाएर विक्रि गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

ब्लाष्ट टाइम्समा नै खेलकुदमा लगानी, बालुमा पानी शिर्षकमा अर्काे समाचार छ । समाचारमा सुनसरीको इनरुवामा खेलकुदमा लगानी भएपनि प्रतिफल भने नआएको समाचार छ । २ वर्षयता लगातार विभिन्न प्रतियोगिताहरु भएपनि स्तरीय खेलाडी उत्पादन हुन नसकेको, बाहिरकै खेलाडी बोलाएर प्लेइङ ११ टिम बनाएर खेलाउने काम भइरहेको समाचारमा उल्लेख छ ।

उद्घोष दैनिकमा तमोर जलाशयमा चिनियाँ कम्पनी शिर्षकमा मुख्य समाचार छ । ७५६ मेगावाट क्षमताको तमोर जलविद्युत आयोजनामा चिनियाँ कम्पनी भित्रिएको छ । पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनीसँग मिलेर उक्त आयोजना बनाउने भएको हो । लगानी वोर्डले अनुमती दिएपछि आइतबार सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । यस्तै चिनियाँ लगानीमै मादी जलशाययुक्त अयोजना बनाउने भएका छन् । दुई कम्पनीले सो जलाशय अयोजना बनाउने भएका हुन् । ती आयोजनाको लागत दुई खर्ब रुपैयाँ बढी रहेको छ ।

कान्तिपुर दैनिकमा तेह्रथुममा १ सय भन्दा बढी झोलुंगे पुल शिर्षकमा समाचार छ । समाचरमा तेह्रथुममा झोलुंगे पुल निर्माणलाई स्थानीय तहले प्राथमिकतामा राखेको उल्लेख छ । एक गाउँबाट अर्काे गाउँ जोड्ने सीमा जोडिएका खोलामा पुल लगाउने अभियान नै चलाएको थियो । अभियान पछि तेह्रथुममा १ सय भन्दा बढी झोलुंगे पुल बनेको जिल्ला समन्वय समितिका प्रमुख शिव ढुंगानाले बताए ।पछिल्ला वर्षमा प्रतिवर्ष ५ देखि ७ वटा सम्म झोलुंगे पुल बन्ने गरेको उनको भनाई छ ।

Loading...