visit-nepal

नेपाल र चीनबीच १८ समझदारी पत्र आदानप्रदान

काठमाडौं, २६ असोज । नेपाल र चीनबीच १८ समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङको उपस्थीतिमा भएको उच्चस्तरीय वार्तापछि १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको  हाे ।

चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको  हाे । चीनको नाङसी र काठमाडौं महानगरपालिकाबीच भागिनी सम्बन्ध, बुटबल उपमहानगर र सियाङ सहरबीच भागीनी सम्बन्ध स्थापित गरिने सहमति भएकाे छ ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि  गरेका थिए ।

विषयगत समझदारी पत्र आदानप्रदानपछि प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सिबीच छुट्टै वार्ता सुरू भएकाे छ ।

Loading...