fbpx

चितुवाको आक्रमणबाट एक बर्षमा पाँच वालकको मृत्यु

तनहुँ , २६ असोज । एक बर्षमा तनहु“मा चितुवाको आक्रमणमा परेर ५ जना वालकको ज्यान गुमाएको गाउँलेहरुले बताएका छन ।
तनहुँ जिल्लाको भानु नगरपालिकामा एक बर्ष भित्र चितुवाको आक्रमणमा परेर पाँच जना बालकले ज्यान गुमाएको गाउँलेहरुले बताएका हुन ।
एक बर्ष भित्र नरभक्षी चितुवाले ८ जनालाई आक्रमण गर्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तहुँले जनाएको छ । बिभिन्न समयमा चितुवाले बालकहरुलाई आक्रमण गरी रगत र मासु समेत खानेगरेको स्थानीयहरुले बताउदै आएका । चितुवाको आक्रमणबाट एक बर्षमा पाँच जनाले ज्यान गुमाएपछि स्थानीयहरु त्रसित बनेका छन् । २१ असोजमा दशैको टिकाकै दिनमा ४ बर्षिय बालक आशिक बानियाँलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो ।
चितुवाले आक्रमण गरेर निरन्तर वालकको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले नरभक्षी चितुवा मार्न अनुमती दिएको भानुनगरपालिका वार्ड नं १ का वडाध्यक्ष प्रेम लामाले बताए । तर चितुवा मार्न शसस्त्र प्रहरी र स्थानियबासीहरु बन्दुक लिएर रातभर गस्ति गर्दा पनि फेला पार्न सकेका छैनन ।

Loading...