fbpx

नेपाली कांग्रेसका सांसद आलम पक्राउ

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ परेका छन् । बम विष्फोट घटनाकाे अनुसन्धानकालागि आलम रौतहटबाट आइतबार पक्राउ परेका हुन् । आलमलाई  जिल्ला प्रहरी कार्यालय राैतहटमा राखिएकाे छ ।

रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलममाथि २०६४ सालमा राैतहटमा भएकाे बम विष्फोट घटनामा संलग्न भएको आरोप छ । प्रहरीका अनुसार बम बनाउँदै गर्दा  २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा विष्फाेट भएकाे थियाे ।

बिष्फोटमा घाइते भएकाहरूको हत्या गरेको उजुरी परेपछि अनुसन्धानकालागि सांसद आलमलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

प्रहरी स्रोतका अनुसार भारतबाट ल्याएर बम बनाउन लगाउने क्रममा मृत्यू भएका र घाइते भएका केही व्यक्त्तिहरुलाई उनले ईटाभटाको चिम्नीमा हालेर गायब बनाएको आरोप लाग्दै आएको छ । तर सत्ता र शक्त्तिमा भएकोले पूर्व मन्त्री तथा सांसद आलम पक्राउ पर्नेबाट जोगिदै आएका थिए ।

Loading...