visit-nepal

नेपाल-चीनबीच उच्चस्तरीय वार्ता सुरु

काठमाडौं, २६ असोज । नेपाल र चीनबीचको उच्चस्तरीय वार्ता सुरु भएको छ । दुई दिने नेपाल भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागि उच्चस्तरीय वार्ता सुरु भएको हो ।

राजधानीको होटल सोल्टीमा भइरहेको दुई पक्षीय वार्तालाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका छन् ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र चीनको तर्फबाट राष्ट्रपति सि जिनपिङले बार्ताको नेतृत्व गरेका छन् । वार्तापछि दुई देशबीच करीब १ दर्जन सम्झौता हुने बताइएको छ ।

Loading...