visit-nepal

कांग्रेसले चियापान कार्यक्रम गर्दै

काठमाडौं २६ असोज । नेपाली काङ्ग्रेसले चाडपर्वको अवसरमा आइतबार दिउँसो चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै छ ।

बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरिरहेको छ ।

अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसदलगायतकाहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

Loading...