visit-nepal

सीले भने ‘अब नेपाल ल्याण्ड लिङ्क कन्ट्री हुन्छ’

विराटनगर २६ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल अब ल्याण्डलक्डबाट ल्याण्डलिङ्क हुने बताएका छन् । सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्री भोजमा सम्बोधन गर्दै उनले नेपाललाई भुपरिवेष्ठित देशबाट भुजडित देश बनाउने सपना पुरा गर्न चीनले सहयोग गर्ने बताए ।

उनले हिमालय सीमापारी रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने र केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई अघि बढाउन सकृय हुने बताए । आज यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सीबीच औपचारीक सहमतिमा हस्ताक्षर हुने बताइएको छ । यसैबीच राष्ट्रपति सीले नेपाल र चीनको सम्बन्धमा कुनै समस्या नभएको र मित्रतामात्र रहेको बताए ।

रात्री भोजमा पहिले सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्ने नेपालीको चाहाना भएको बताएकी थिइन् ।

Loading...