visit-nepal

राष्ट्रपति भण्डारीसँगको भेटका लागि शीतल निवास पुगे सि जिनपिङ

काठमाडौं, २५ असाेज । दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्टपति सि जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटकालागि शीतल निवास पुगेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेपछि होटल सोल्टीमा पुगेर केही समय विताएका सि शीतल निवास पुगेका हुन् । शीतल निवासमा नेपाली सामकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्ने कार्यतालिका छ ।

सिको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । भण्डारी र जिनपिङबीच भेटवार्ता पछि हाेटल साेल्टीमा रात्रि भोज हुनेछ । रात्रि भाेजमा विदेशी कुटनितिज्ञ, नेपालकमा उच्च पदस्थ व्यक्तिलगायतकाे  सहभागिता रहनेछ ।

रात्रिभोजसँगै उनको शनिबारको कार्यक्रम सकिनेछ । आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ ।

राष्ट्रपति सि आइतबार दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कनेछन् ।

 

 

Loading...