चिनियाँ राष्ट्रपति सिलाई ‘गार्ड अफ अनर’

काठमाडौं, २६ असोज । चिनिया राष्ट्रपति सि जिनपिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । २३ वर्षपछि छिमेकी राष्ट्रपतिबाट भएको भ्रमणमा सेनाले गार्ड अफ अनर प्रदान गरेको हो ।

‘गार्ड अफ अनर’ प्रदान गर्दा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । छिमेकी राष्ट्र भारतकाे भ्रमण पुरा गरी नेपाल आएका राष्ट्रपति सीलाई विमानस्थलमा पुगेर समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, मुख्यमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए ।

स्वागत ग्रहण पछि राष्ट्रपति सी सोल्टी होटल पुगेका छन् । होटलमा केही समय आराम गरेपछि दुई समकक्षीबीच शनिबार साँझ नै शीतल निवासामा शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबार नै राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । देउवासँगको भेटवार्ता सकेर सी नेपाली समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

Loading...