fbpx

यसरी गर्छ कम्प्युटरको र्‍यामले काम

विराटनगर, २४ असोज । कुनैपनि कम्प्युटरको आधारभूत तत्त्व र्‍याम (RAM ) हो । कम्प्युटरको अपरेटिंग सिस्टम (जस्तै विन्डोज ) देखि लिएर प्रयोगकर्ताले प्रयोग गर्ने सबै प्रोग्रामहरू (RAM) मा लोड हुन्छ ।

कम्प्युटर अन गरेपछि हार्ड डिस्कबाट अपरेटिङ सिस्टमका लागि आवश्यक पर्ने फाइलहरू र्‍याममा सरुवा हुन्छ । र्यामले कम्प्युटर सुचारु भएको बेलामा मात्र काम गर्छ भने कम्प्युटर अफ भएपछि र्‍याममा भएका सम्पूर्ण फाइलहरू स्वतः डिलिट हुन्छ ।

जति धेरै र्‍याम, त्यती नै धेरै प्रोग्रामहरु एकै पटकमा कम्प्युटरलाई स्लो नबनाइ चल्न सक्छ । फोटोसप, भिडियो एडिटिंग सफ्टवेयर जस्ता आदि सफ्टवेयर राम्रोसँग प्रयोग गर्नका लागि धेरै र्‍याम उपयोगी हुन्छ । ल्यापटपको र्याम र डेस्कटपमा प्रयोग हुने र्‍याम भिन्न प्रकारको हुन्छ ।

प्रयोगकर्ता अनुसार र्‍यामको आवश्यकता फरक

प्रयोगकर्ताको आवश्यकताअनुसार कति जीबी र्‍याम भएको कम्प्युटर खरिद भन्ने निर्धारण गर्न सकिन्छ ।

२ जीबी वा सोभन्दा कम
यदि, तपाईँ एक पटकमा एउटा मात्र प्रोग्राम चलाउने र क्रोम जस्ता ब्राउजरमा पनि ४-५ वटाभन्दा बढी ट्याब नखोल्ने प्रयोगकर्ताको लागि उचित २ जीबीसम्मको र्‍याम उपयुक्त हुन्छ ।

४ जीबी
यदि, तपाईँ घरेलु प्रयोगका लागि, अफिसका वोर्ड, एक्सेल आदिका कामका लागि, विद्यार्थीका लागि, इन्टरनेट ब्राउज गर्नलाई ४ जीबीसम्मको र्‍याम उचित हुन्छ ।

८ जीबी
तपाईँ यदि नयाँ गेमहरू खेल्न मिल्ने, फोटो र भिडियो एडिटिंगका गर्न मिल्ने साथै इन्टरनेट ब्राउज गर्दा धेरै वटा ट्याब खोले पनि स्लो नहुनका लागि ८ जीबीको र्‍याम उपयुक्त हुन्छ ।

१२ जीबीदेखि १६ जीबीसम्म

उच्च गुणस्तरका गेमहरू खेल्न र रेजोलुसनमा खेल्नका लागि, उच्च रेजोलुसनमा फोटो एडिटिंग, भिडियो एडिटिंग, थ्री डी मोडलिङ आदिका कामका गर्नका लागि १२ देखि १६ जीबीसम्मको र्‍याम उपयुक्त हुन्छ ।

१६ जीबी वा बढी
यदि, तपाईँ विज्ञानसम्बन्धी रिसर्च गर्न, सिमुलेसनका लागि १६ जीबीसम्मका र्‍यामउपयुक्त हुन्छ ।

जान्नु पर्ने अन्य कुराहरू

कतिपय नयाँ स्लिम ल्यापटपहरूमा पछि र्‍याम थप्न वा फेर्न मिल्दैन, त्यसैले खरिदको समयमा नै आवश्यकता अनुसारको र्‍यामको साइज निर्धारण गर्नु उपयुक्त हुन्छ । ल्यापटपमा थोरैमा पनि ८ जीबी र्‍याम भएको ल्यापटप किन्नु उपयुक्त हुन्छ ।

Loading...