fbpx

नेयमारको कीर्तिमानी खेलमा ब्राजिलको बराबरी

विराटनगर, २४ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र सेनेगलले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा ब्राजिल र सेनेगलले १–१ गोलको बराबरी खेलेका हुन् ।

dzg

सिंगापुर नेशनल स्टेडियममा भएको उक्त खेलमा ब्राजिलका लागि रोबर्टो फिर्मिन्होले गोल गरेका थिए भने सेनेगलका फमरा डाइडियौंले एक गोल फर्काए । खेलको नवौं मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिललाई १–० गोलले अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा डाइडियौंले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा ब्राजिल र सेनेगलबीचको खेल १–१ गोलको बराबरीमा रोकियो । यस खेलमार्फत् स्टार खेलाडी नेयमारले रेकर्ड बनाएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायीक फुटबल खेलिरहेका नेयमार सय क्याप पूरा गर्ने कम उमेरको खेलाडी बनेका छने । नेयमारले २७ वर्षको उमेरमै सय क्यापको कीर्तिमान कायम गरेका हुन् ।

Loading...