fbpx

ओमानसँग नेपाल ६ विकेटले पराजित

विराटनगर, २३ असोज । ओमानमा सम्पन्न पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग हार ब्यहोरेको छ । पाँच देशीय सिरिजको अन्तिम खेलमा नेपालले बिहीबा। घरेलु टोली ओमानविरुद्ध ६ विकेटको हार ब्यहोरेको हो ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । ओमानका लागि सुरज कुमारले ४२ रन बनाए भने खवर अलीले ९ रन बनाए । बलिङतर्फ भने करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुँदै ६४ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले २० रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ११ तथा बिनोद भण्डारीले ४ रन बनाए । कप्तान पारस खड्का ५ रनमा आउट हुँदा सन्दीप जोरा शून्य रनमा आउट भए । ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए ।

यसअघि तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डलाई पनि समान चार विकेटले नै पराजित गरेको थियो । त्यस्तै नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो ।

Loading...