fbpx

हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न पुर्व प्रधानमन्त्री र मन्त्रीहरुको सुझाव

सन्दर्भ २५ र २६ असोज चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

काठमाडौँ, २३ असोज । पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरुले चिनियाँ राष्ट्रपति सी जिनपङिको राजकीय भ्रमणमा मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिएका छन ।

यही २५ र २६ मा भरुेहकेो चिनियाँ राष्ट्रपति सी जिनपङिको राजकीय भ्रमणको पूर्वसन्ध्यामा बिहिबार आयोजना गरवेको सँग प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको छलफलमा पूर्व प्रधानमान्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरुले उक्त्त सुझाव दिएका हुन ।

छलफलमा सरकारको तर्फबाट उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिइएको थियो । सहभागी नेता एवं विज्ञहरुले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमणलाई ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्तगर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिएका थिए ।

नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रही आएकाले चिनियाँ राष्ट्रपतिको भ्रमणले आपसी सम्बन्धलाई थप उचाईमा पु¥याउने प्रम ओलीले विश्वास व्यक्त गरे । उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निमार्णको लगानीको ढाँचाबारेसमेत छलफल गरिने वताए । ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहान्छौँ, प्रम ओलीले भने ।

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको बताए । विदेश तथा छिमेक मामिला सम्बन्धि नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्रीको भनाई छ । प्रम ओलीले भने — ‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौं, कुनै अस्पष्टता छैन ।’

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर भएको वताउँदै भ्रमण सफलताको कामना गरे । छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली काँगेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले चिनिया राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा सरकारलाई आवश्यक सुझाव दिएका थिए ।

Loading...