fbpx

मालपोत प्रमुखमाथि एक महिलाले लगाइन् बलात्कारको आरोप

भीमदत्तनगर, २३ असोज । कञ्चनपुरमा मालपोतका प्रमुखविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडीलाई स्थानीय एक महिलाले बलात्कारको आरोप लगाएपछि उनलाई पक्राउ गरिएको छ ।

स्थानीय एक महिलाले बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, ‘महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।’

उनले थपे, ‘घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ । मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको छ र कुनै खाले जाहेरी आएको छैन । अहिलेसम्म मुद्दा दर्ता भएको छैन । घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।’ रासस

Loading...