fbpx

मेस्सीले अड्कल गरे आफूले सन्यास लिने दिन !

एजेन्सी, २३ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफूले सन्यास लिने दिनबारे बताएका छन् । ‘रेस वान’ मिडियासँगको कुराकानीका क्रममा अर्जेन्टिनी स्टार मेस्सीले आफूले सन्यास लिने दिनबारे बोलेका हुन् ।

dfhbbn

पाँच पटकका बालोन डी‘ओर विजेता मेस्सीले पाँच वर्ष अगाडि नै स्पेन छोड्ने निर्णयमा पुगिसकेको खुलासा पनि गरेका छन् । ३२ वर्षीय मेस्सीले सन् २०१४ मा आफ्ना पिताका कारण स्पेन छोड्ने मनसायमा पुगिसकेको बताए । कर ठगी गरेको आरोपमा पिता जर्ज मेस्सी कारबाहीमा परेपछि आफूले स्पेन छोड्ने निर्णयमा पुगेको बार्सिलोनाका कप्तान मेस्सीले बाताए ।

उनले भने, ‘त्यतिबेला मेरो दिमागमा स्पेन छोड्ने विचार आयो । स्पेन छोड्ने मेरो विचार थियो, बार्सिलोना होइन । मैले सोचेँ कि, ममाथि दुर्व्यवहार भयो अब यहाँ बस्नु ठीक छैन । मेरा लागि सबै क्लबको ढोका खुल्ला थिए तर कुनै क्लबे पनि मलाई आधिकारिक रूपमा अफर गरेनन् । किनभने, सबैलाई थाहा थियो कि मेरो इच्छा बार्सिलोनामा निरन्तरता दिनु नै थियो । त्यो समयमै मैले छोड्ने विचार गरेको थिएँ, किनकी त्यतिबेला मलाई र मेरो परिवारलाई एकदमै गाह्रो परेको थियो ।

यस्तै मेस्सीले आफूले सन्यास लिने दिनबारे पनि बोलेका छन् । सन्यासको विषयमा जोडिएको प्रश्नका बारेमा मेस्सीले भनेका छन्, ‘हरेक वर्ष मैले यदि आफू राम्रो छु या छैन, आफू निरन्तरता दिन सक्छु या सक्दिँन भन्नेबारे मैले प्रत्येक वर्ष आफूलाई मूल्यांकन गर्दै आइरहेको छु । म अहिले यस्तो उमेरमा छु जहाँ कठिनाइ बढ्दैछ’, उनले थपे, ‘यो सामान्य र तार्किक छ ।’

यस्तै मेस्सीले आफूले सन्यास लिने निश्चित भविष्यवाणी गर्न अस्वीकार गर्दै भने, ‘यदि, मैले खेलेँ भने ३५ अथवा ३६ वर्षसम्म खेल्छु किनकी त्यो उमेरसम्ममा म कहीँ जान सक्दिँन । यद्यपि, म त्यस्तो हुन चाहँदिन । म राम्रो बन्न चाहान्छु, प्रतिस्पर्धी र सहयोगी हुन चाहान्छु ।’

Loading...