fbpx

आमाको दूधमा पाइने रसायनले हटाउँछ ट्युमर

विराटनगर, २३ असोज । आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउनु पर्छ । आमाको दूध पिउने बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाएर संक्रमण हुनबाट जोगाउनुका साथै आमाको स्वास्थ्यमा समेत राम्रो असर गर्ने हुन्छ ।

आमाको दूध पिउने बच्चाहरुलाई ट्युमरको समस्या नहुने देखिएको छ । आमाको दुधमा मात्र पाइने एक रसायनले शरीरका ट्युमरलाई ससाना टुक्रा पार्न सक्ने अनुसन्धानबाट पत्ता लागेको हो । शिशुको विकासका लागि अपरिहार्य आल्फा १ एचले स्वस्थ कोषिकालाई हानि नगरिकन ट्युमर नष्ट गरेको देखिएको छ । बच्चाको शरीरमा ट्युमर भए दुधको सेवन गर्दा उक्त रसायनले ट्युमरलाई टुक्रा पारी दिन्छ ।

टुक्रा भएको ट्युमरलाई क्यान्सर रोगीहरूले पिसाबमार्फत फ्याँक्न सक्ने हुन्छन् । वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनका अनुसार पिसाबथैलीको क्यान्सरबाट पीडित २० रोगीले आल्फा १ एच नामक रसायन ६ चोटी मात्र पाउँदा पनि पिसाबको मध्यमबाट ट्युमर फाल्न सकेको देखिएको थियो । थप अनुसन्धानमा रोगीहरूले उपचारको दुई घन्टाभित्र नै शरीरको खराब कोषिकाहरूलाई सजिलै फ्याँक्न सकेको देखिएको हो ।

आल्फा १ एच शरीरमा भएको फ्याट ओलेइक एसिडसँग मिसिएपछि तिनीहरूले क्यान्सरयुक्त कोषिकालाई मर्न बाध्य बनाउने गर्छन् । परम्परागत केमोथेरापीमा कोषिकाहरू विषाक्त हुन गइ शरीरमा एकदम खराब साइड इफेक्ट देखिने गर्छ । चेक गणतन्त्रका अनुसन्धानकर्ताहरूका अनुसार यो प्रक्रियालाई केमोको नरम रूप हुन सक्ने बताएका छन् । औषधि निर्माता ह्याम्लेट फार्मा लिमिटेडले आल्फा १ एच रसायनबाट पिसाबथैलीको ट्युमर खुम्चिने अनि रोगीको अवस्था सुध्रिने विषयमा थप परीक्षण गर्ने भएको छ ।

Loading...