fbpx

विश्वकप छनौट : बलियो टोली अष्ट्रेलियाविरुद्ध भिड्दै नेपाल, कसले मार्ला बाजी ?

विराटनगर, २३ असोज । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले आज अष्ट्रेलियाविरुद्ध खेल्दैछ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अष्ट्रेलियासँग खेल्न लागेको हो ।

यो खेल अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपालले बलियो टोली अष्ट्रेलियासँग खेल्ने भएको हो । फिफा वरीयतामा नेपाल १ सय ६१औँ स्थानमा छ भने अष्ट्रेलिया ४४औँ स्थानको टोली हो ।

यसअघि नेपालले कुवेत र चाइनिज ताईपेसँग खेलेको थियो । अष्ट्रेलियापछि नेपालले जोर्डनसँग पहिलो लेगको खेल खेल्नेछ । अष्ट्रेलिया भिड्दा नेपाली टोलीमा गोलकिपरको भूमिकामा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ रहेका छन् ।

यस्तै डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् भने मिडफिल्डरमा सुनील बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द छन् । यस्तै फरवार्डतर्फ विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

Loading...