fbpx

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण शनिबारदेखी

काठमाण्डौ २३ असोज ।राष्ट्रपति बिद्यादेवी भण्डारीको निमन्त्राण्मा चीनका राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउदैछन ।
परराष्ट्र मन्त्रालयको जानकारी अनुसार चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई दिनको हुनेछ ।राष्ट्रपति सी २५ असोजमा काठमाडौं ओर्लनेछन । महत्वपुर्ण भेटघाटपछि सी भोलिपल्ट आइतवार फर्किनेछन् । राष्ट्रपतिको भ्रमण नेपालमा २३ वर्षपछि हुन लागेको हो ।
सीको स्वागत र सुरक्षाकालागि आवश्यक व्यवस्था सबै मिलाइसकिएको छ । सीको सुरक्षाकालागि चार घेरा सुरक्षा योजना वनाइएको छ ।पहिलो घेरामा नेपाली सेना , दोस्रोमा नेपाल प्रहरी , तेस्रोमा शसस्त्र प्रहरी र चौथोमा अनुसन्धानका चरहरु हुनेछन ।साथै राष्ट्रपति सीको स्वागतको पनि भव्य तैयारी भैसकेको छ ।सीको भ्रमणले नेपाल र चिन विचको सम्बन्ध प्रगाढ वनाउने मात्र नभै रेलमार्ग , किमाथांक सडक निर्माण लगायतका परियोजनामा पनि सहयोग पुग्ने आपेक्षा सरकारको छ ।

Loading...