fbpx

पोखरी र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु

विराटनगर, २३ असोज । झापा र ईलाममा पानीमा डुबेर दुई वालिकको मृत्यू भएको छ । झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राई बुधवार दिउँसो पौने १ बजे घर नजिकै रहेको पोखरीमा डुब्दा मृत्यू भएको हो । घाइते उनको दमकमा उपचारको क्रममा सवा १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
यसैगरी ईलामको माई नगरपालिका ५ रमिते बस्ने जिवन मगरको १८ महिनाकी छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ । बुधवार बिहान १० बजेको समयमा आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर उनको मृत्यु भएको हो । घाईतेवालिकालाई उपचारकोलागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Loading...