fbpx

छुरा प्रहारबाट १ जनाको मृत्यु

पाँचथर, २२ असोज ।पाँचथरको याङवरक गाउँपालिका ६ खाल्लेमा छुरा प्रहारबाट १ जनाको मृत्यु भएको छ।बुधवार बिहान १० बजे ४० बर्षिय अर्जुन माबो र सोही स्थान बस्ने वर्ष १९ को आईतराज योङहाङ बिच मादकपदार्थ सेवन गरी बादबिबाद हुदा भएको छुरा प्रहारबाट अर्जुन माबोको मृत्यू भएको थियो । आईतराज यिङहाङले पेटमा छुरा प्रहार गरेर हत्या गरीफरार भएका थिए । घटना बारे जानकारी पाउनासाथ प्रहरी चौकी नागीथर्पु खटिएको प्रहरीको टोलीले फरार
रहेका आईतराजलाई याङवरक गाउँपालिका(६ धमिले भन्ने स्थानबाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

Loading...