fbpx

टेम्पो दुर्घटनामा १कोमृत्यू ४ जना घाइते

भोजपुर, २२ असोज ।भोजपुरको हतुवागढी गाँउपालिका ५ होम्ताङ स्थित भित्री सडक खण्डमा टेम्पु टुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । ४ जना घाईते भएका छन् ।बुधबार दिउँसो १ बजे घोरेटारवाट होम्ताङतर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको टेम्पु अनियन्त्रित भई सडक देखि अंदाजी ६० मिटर तल खस्दा भोजपुरको हतुवागढी गाँउपालिका( ४ खैराङ वस्ने मिलन राईको ८ वर्षिय छोरी गुराँस राई निजकै ४ बर्षिय छोरी रितु राई, डम्वर वहादुर राईको २१ वर्षिय छोरी रिका राई,सोही गाउँपालिका(१ सल्ले वस्ने धन वहादुर राईको १२ वर्षिय छोरा अनिम राई र टेम्पो चालक सोहि गाउँपालिका( ४ खैराङ वस्ने व्रिजमान राईको छोरा वर्ष २४ को विजय राई घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा लगेकोमा उपचारको क्रममा गुराँस राईको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय भोजपुरले जनाएको छ ।

Loading...